निर्वाचन प्रभाव: सेयर बजार सुस्तियो
२०८२ फाल्गुण ४

सेयर बजारमा भएको लगानी बिक्री गरी चुनावी गतिविधिमा लाग्दा बजारमा सुस्ती देखिएको छ भने कारोबार पनि घटेको एक ब्रोकरले बताए।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेता–कार्यकर्ता प्रचार प्रसारमा व्यस्त भएपछि सेयर बजारमा रौनक घटेको छ। सोमबार नेप्से सूचक २६७१.०७ बाट ८.१६ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ। १६३ कम्पनीको सेयर मूल्य घटेको, ८६ को बढेको र ९ को स्थिर रहेको छ। कुल कारोबार ७ अर्ब ९४ करोडमा सीमित रह्यो।
Tags:
#छोटोखबर #सेयरबजार #निर्वाचन२०८२ #नेप्से #लगानी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३