Choto Khabar Logo

बैंकहरूलाई उम्मेदवारको छुट्टै खाता खोल्ने बाटो खुल्यो

२०८२ माघ १२
बैंकहरूलाई उम्मेदवारको छुट्टै खाता खोल्ने बाटो खुल्यो
राष्ट्र बैंकको सर्कुलरअनुसार, निर्वाचन कार्यलयको सिफारिसमा राजनीतिक दल, उनीहरूको उम्मेदवार र स्वतन्त्र उम्मेदवारका लागि आम्दानी–खर्च सञ्चालन गर्न छुट्टै खाता खोल्न सकिने व्यवस्था गरिएको छ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको एउटै प्रकृतिका दुई खाता खोल्न सक्ने व्यवस्था भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्वाचन आयोगको सिफारिसअनुसार राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोल्न निर्देशन दिएको छ। खाता निर्वाचन आयोगले बन्द नगरेसम्म सञ्चालनमा रहनेछ।

Tags:

#निर्वाचन #उम्मेदवार #बैंकखाता #राजनीति #छोटोखबर #निर्वाचनआयोग

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू