नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो
२०८३ बैशाख ४

नेप्से सामान्य रूपमा बढे पनि कारोबार रकम घटेको छ।
साताको अन्तिम दिन नेप्से ५.३६ अंकले बढेर २८३८ मा पुगेको छ। कारोबार रकम भने घटेर ७ अर्ब ४६ करोडमा सीमित रह्यो। धेरै कम्पनीको मूल्य घटे पनि ठूला कम्पनीको वृद्धिले सूचक उकालो लागेको हो। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी बढ्दा अन्य केही समूहमा सामान्य गिरावट देखिएको छ।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #अर्थतन्त्र #नेपाल #लगानी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्