Choto Khabar Logo

महंगी ह्वात्तै घट्यो, मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित

२०८२ पौष २५
महंगी ह्वात्तै घट्यो, मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित
आर्थिक वर्ष २०८२/८३ का पहिलो पाँच महिनामा औसत मुद्रास्फीति १.५५ प्रतिशतमा सीमित रहँदा अघिल्लो वर्षको सोही अवधिमा यो ४.८९ प्रतिशत रहेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार ०८२ मङ्सिरमा वार्षिक मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको ६.०५ प्रतिशतबाट ठूलो गिरावट आएको हो। खाद्य समूहको मुद्रास्फीति ऋणात्मक २.०५ प्रतिशत रहँदा गैर–खाद्य तथा सेवा ३.७५ प्रतिशत छ। पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत पुगेको छ। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा कम र कोशीमा सबैभन्दा बढी देखिएको छ। काठमाडौं उपत्यकामा पनि न्यून स्तरमा रहेको छ।

Tags:

#छोटोखबर #महंगी #मुद्रास्फीति #नेपालराष्ट्रबैंक #आर्थिकसमाचार #नेपालीअर्थतन्त्र

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू