पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति पुनः खुला
२०८३ बैशाख ७

सरकारले पश्चिम एसियाका १२ देशमा रोकिएको श्रम स्वीकृति पुनः खुला गरेको छ।
सरकारले पश्चिम एसियाका १२ देशमा सबै प्रकारका श्रम स्वीकृति पुनः खुला गरेको छ। युद्धका कारण अस्थायी रूपमा रोकिएको साउदी, युएई, कतार, कुवेत, इराक, इजरायललगायत देशको श्रम स्वीकृति अब पूर्ववत अवस्थामा फर्काइएको छ। श्रम मन्त्रालयको निर्णयअनुसार व्यक्तिगत, संस्थागत र वैधानिकीकरण सबै प्रक्रिया पुनः सुरु हुने वैदेशिक रोजगार विभागले जनाएको छ।
Tags:
#छोटोखबर #श्रमस्वीकृति #वैदेशिकरोजगार #नेपाल #पश्चिमएसिया #सरकारनिर्णय #रोजगार #विदेशीकार्य #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

