राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया शुरु, कानून सुधारको रोडम्याप ल्याइनेछः अर्थमन्त्री वाग्ले
२०८२ चैत्र १३

अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले राजनीति र नीति निर्माणमा कुनै निहित स्वार्थ नचलाउने र जनहितमा ऐनको इमानदार कार्यान्वयन सुनिश्चित गर्ने बताए।
अर्थमन्त्री स्वर्णीम वाग्लेले राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया शुरु गरिएको बताएका छन् । आज सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभारग्रह गर्दै निजी क्षेत्रबाट लामो समयदेखि आएको गुनासोलाई सम्बोधन गर्न आफूले यस्तो प्रक्रिया अघि बढाएको बताए । अर्थमन्त्री वाग्लेले राजश्व अनुसन्धान विभाग खारेज गर्ने विषयमा अध्ययन तथा प्रक्रिया अघि बढाउन कार्यदल गठन गरिएको बताए । उनकाअनुसार निजी क्षेत्रले उक्त विभागका कारण असहजता महशुस गर्दै आएको गुनासो व्यापक रूपमा उठाउँदै आएको थियो ।
Tags:
#छोटोखबर #दोलखा #हेलिकप्टर #मुस्ताङएयर #उड्डयन #नेपालसमाचार #सुरक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३