तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
२०८३ असार २२

तेस्रो त्रैमासमा विद्युत्, वित्तीय सेवा र व्यापार क्षेत्रको योगदानसँगै नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको छ, जुन दोस्रो त्रैमासभन्दा ०.५८ प्रतिशत बिन्दुले बढी हो। विद्युत्, वित्तीय सेवा, यातायात र व्यापार क्षेत्रको वृद्धिले अर्थतन्त्रलाई टेवा दिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
Tags:
#छोटोखबर #अर्थतन्त्र #आर्थिकवृद्धि #राष्ट्रियतथ्याङ्ककार्यालय #नेपालअर्थतन्त्र #जीडीपी #वित्तीयक्षेत्र #व्यापार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


