आचारसंहिता उल्लंघनका २१ घटना, पाँचको मात्रै जवाफ
२०८२ माघ १५

यस अवधिमा आचारसंहिता उल्लंघनका घटनाबारे तोकिएका निकायबाट उजुरी तथा जानकारी संकलन गर्ने र संलग्न भनिएका राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था तथा पदाधिकारीसँग स्पष्टीकरण माग्ने काम निर्वाचन आयोगले गर्दै आएको छ।
निर्वाचन आचारसंहिता लागू भएको १० दिनमा २१ वटा उल्लंघनका घटना देखिएका छन्। तीमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले बाँकी जवाफका लागि ताकेता गरिरहेको छ भने २१ फागुनको निर्वाचन स्वच्छ र पारदर्शी बनाउन अनुगमनलाई तीव्र बनाएको छ।
Tags:
#निर्वाचनआचारसंहिता #निर्वाचनआयोग #उल्लंघन #फागुन२१ #निर्वाचनअनुगमन #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३