Choto Khabar Logo

सेयर बजार २६ सयमुनि, नेप्से १९ अंकले घट्यो

२०८३ भाद्र ८
सेयर बजार २६ सयमुनि, नेप्से १९ अंकले घट्यो
लगातार तेस्रो कारोबार दिन घटेको सेयर बजार २६ सयमुनि झर्दा कारोबार रकमसमेत खुम्चिएको छ।
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार १९.१३ अंकले घटेर नेप्से परिसूचक २,५९९ अंकमा झरेको छ। कारोबार रकम पनि घटेर ३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ। ४७ कम्पनीको मूल्य बढ्दा २२९ कम्पनी घटेका छन्। सबै समूहगत सूचक ओरालो लाग्दा जलविद्युत् १.१९ प्रतिशत र निर्जीवन बीमा १.१२ प्रतिशत घटे। जलविद्युत् समूहमा सर्वाधिक १ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो।

Tags:

#छोटोखबर #सेयरबजार #नेप्से #नेप्सेपरिसूचक #जलविद्युत् #सेयरबजारगिरावट #पुँजीबजार #कारोबार #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू