नेप्सेमा २३.८७ अंकको सुधार, कारोबार १४ अर्ब नाघ्यो
२०८२ फाल्गुण २८

आज वाणिज्य बैंक २.०२ प्रतिशतले बढेको हो। होटल र पर्यटन, निर्जीवन बीमा, अन्य घटे पनि बाँकी समूहमा हरियाली छाएको छ।
सेयर बजारमा बिहीबार दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा बन्द भयो। ३३५ कम्पनीका ४ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदा १४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भयो। १७६ कम्पनीको मूल्य बढ्दा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #अर्थतन्त्र #शेयरलगानी #नेपालअर्थव्यवस्था
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो
२०८३ बैशाख ४