Choto Khabar Logo

नेप्से दोहोरो अंकले उकालो

२०८२ पौष २१
नेप्से दोहोरो अंकले उकालो
सोमबार ३३५ स्टकको ८४ हजार ९९० पटकको कारोबारमा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ। अघिल्ला दुई कारोबार दिनको गिरावटपछि बजार उकालो लागेको हो। कारोबार रकम बढेर ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। ६ कम्पनी सकारात्मक सर्किटमा कारोबार भए भने सबै १३ उपसमूहका सूचक बढेका छन्।

Tags:

#छोटोखबर #नेप्से #शेयरबजार #पुँजीबजार #कारोबार #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू