साउनमा ७० हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
२०८३ भाद्र २

साउनमा ७० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जसमा यूएई प्रमुख गन्तव्य बनेको छ।
साउनमा ७० हजार ४ सय ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला छन्। यूएईका लागि सबैभन्दा बढी १८ हजार ७ सय ८४ जनाले स्वीकृति लिएका छन्। त्यसपछि मलेसिया, कतार र साउदी अरब प्रमुख गन्तव्य बनेका छन्।
Tags:
#छोटोखबर #वैदेशिकरोजगारी #श्रमस्वीकृति #रेमिट्यान्स #नेपालीकामदार #यूएई #मलेसिया #कतार #साउदीअरब #वैदेशिकरोजगार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

