नेप्से ६ महिनाकै न्यून बिन्दुमा, लगातार सातौँ दिन बजार घट्यो
२०८३ असार १६

लगातार सातौँ दिनको गिरावटसँगै नेप्से ६ महिनाकै तल्लो बिन्दुमा झरेको छ।
नेप्से परिसूचक मंगलबार २४.६३ अंक घटेर २६०८ बिन्दुमा पुगेको छ, जुन पछिल्लो ६ महिनाकै न्यून स्तर हो। लगातार सातौँ कारोबार दिन बजार ओरालो लाग्दा सबै समूहका सूचक घटेका छन्। कारोबार रकम भने बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। ३५ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको सेयर मूल्य घटेको छ।
Tags:
#सेयरबजार #नेप्से #पूँजीबजार #लगानी #शेयरकारोबार #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


