दुई महिनापछि भारतीय बजारमा नेपाली चियाको निर्यात पुनः सुरु
२०८३ असार १६

भारतीय परीक्षण प्रक्रिया खुकुलो बनेपछि दुई महिनापछि नेपाली चियाको भारततर्फ निर्यात पुनः सुरु भएको छ।
भारतीय पक्षले गुणस्तर परीक्षण प्रक्रिया सहज बनाएपछि झन्डै दुई महिनादेखि अवरुद्ध नेपाली चियाको निर्यात पुनः सुरु भएको छ। कूटनीतिक पहलपछि काँकडभिट्टा नाकाबाट चिया भारत जान थालेको हो। इलाममा थन्किएको अर्थोडक्स चिया अब बजार पुग्ने अपेक्षा गरिएको छ भने व्यवसायीले निकासी सहज हुने विश्वास व्यक्त गरेका छन्।
Tags:
#नेपालीचिया #चियानिर्यात #इलाम #काँकडभिट्टा #भारत #अर्थोडक्सचिया #कूटनीति #व्यापार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


