Choto Khabar Logo

लघुवित्तविरुद्ध ऋण नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न सर्वोच्चको आदेश

२०८३ बैशाख २८
लघुवित्तविरुद्ध ऋण नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले लघुवित्तविरुद्ध अवरोध र ऋण नतिर्ने अभियानलाई गैरकानुनी भन्दै कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाको काममा अवरोध पुर्‍याउने तथा ऋण नतिर्ने अभियान सञ्चालन गर्ने व्यक्ति वा समूहलाई कानुनी कारबाही गर्न सरकारलाई परमादेश दिएको छ । अदालतले लघुवित्तविरुद्धका गैरकानुनी गतिविधि रोक्न राज्यका निकाय सक्रिय हुनुपर्ने बताएको छ । लघुवित्त क्षेत्रलाई गरिबी निवारण र महिला सशक्तीकरणसँग जोडिएको संवेदनशील क्षेत्रका रूपमा व्याख्या गरिएको छ ।

Tags:

#सर्वोच्चअदालत #लघुवित्त #ऋणनतिर्नेअभियान #नेपालराष्ट्रबैंक #वित्तीयक्षेत्र #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू