काठमाडौंसहित प्रमुख शहरमा वायु प्रदूषण बढ्यो, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
२०८२ फाल्गुण २६

मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो ।
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरमा वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका अनुसार हावामा हानिकारक पीएम २.५ कणको मात्रा उच्च देखिएको छ। प्रवक्ता डा. प्रकाश बुढाथोकीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन अपिल गरेका छन्। पोखरा, विराटनगर तथा तराईका अन्य क्षेत्रमा पनि प्रदूषण बढेको जनाइएको छ।
Tags:
#छोटोखबर #वायुप्रदूषण #काठमाडौं #स्वास्थ्यसतर्कता #पर्यावरण #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

