नेप्सेमा ७९.७४ अंकको छलाङ, चार दिनमै १०७ अंकभन्दा बढी वृद्धि
२०८३ श्रावण १

राष्ट्र बैंकको नयाँ व्यवस्था र सकारात्मक बजार मनोविज्ञानका कारण नेप्से ७९.७४ अंकले उकालो लागेको छ।
सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेर २६७७.८० विन्दुमा पुगेको छ। लगातार चौथो दिन बढेको बजारमा अधिकांश कम्पनी र सबै समूहगत सूचक उकालो लागे। सबल कम्पनीलाई सेयर धितो कर्जा सीमा ८० प्रतिशतसम्म पुर्याउने राष्ट्र बैंकको व्यवस्था, पर्याप्त तरलता, न्यून ब्याजदर र सेबोनको नीतिले लगानीकर्ताको मनोबल बढाएको विश्लेषण गरिएको छ।
Tags:
#नेप्से #सेयरबजार #नेपालराष्ट्रबैंक #सेबोन #लगानी #अर्थतन्त्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



