सेयर बजार दोस्रो दिन पनि हरियो
२०८२ पौष ९

बुधबार सेयर बजार नेप्से परिसूचक झिनो अंक १.३७ ले बढेको छ।
सेयर बजार लगातार दोस्रो दिन बढेको छ। बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेको छ। १११ कम्पनीको सेयर मूल्य बढ्दा १४२ को घटेको छ भने ७ कम्पनी स्थिर रहे। सेन्सेटिभ इन्डेक्स ०.९४ अंकले बढ्यो। ३३४ कम्पनीको ७२ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम ३ अर्ब २२ करोड रुपैयाँ नाघेको छ।
Tags:
#सेयर #कारोबार #नेप्से #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

