अब घरबाटै एनओसी लिन सकिने व्यवस्था
२०८३ बैशाख ६

एनओसी प्रक्रिया पूर्ण रूपमा अनलाइन र फेसलेस बनेपछि विद्यार्थीले घरमै बसेर सबै प्रक्रिया पूरा गर्न सक्ने भएका छन्।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्। शिक्षा मन्त्रालयअन्तर्गत एनओसी शाखाले अनलाइन पोर्टललाई त्रिवि र केयूसँग जोड्दै फेसलेस सेवा सुरु गरेको हो। विद्यार्थीले अनलाइन आवेदन, राजस्व भुक्तानी र प्रमाणपत्र डाउनलोड गर्न सक्नेछन्। विश्वविद्यालय विवरणसमेत सिस्टमबाट प्रमाणीकरण हुने भएकाले भौतिक उपस्थितिको आवश्यकता हटाइएको छ।
Tags:
#छोटोखबर #एनओसी #वैदेशिकअध्ययन #शिक्षा #प्रविधि #नेपाल #अनलाइनसेवा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्