नेपाली बजारमा सुन–चाँदीको मूल्य इतिहासकै उच्च
२०८२ माघ १४

भू-राजनीतिक विवाद र आर्थिक अनिश्चितताले सुनको मूल्य बढाएको छ भने कतिपय देशका केन्द्रीय बैंकहरूले अमेरिकी डलरमा निर्भरता कम गर्न लगातार सुन किनिरहेका छन्।
नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन साढे नौ हजार रुपैयाँले बढेर प्रतितोला ३,१८,८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मूल्य ३,०९,३०० रुपैयाँ थियो। चाँदीको मूल्य पनि ४३० रुपैयाँले बढेर ७,३०० रुपैयाँ तोलामा पुगेको छ। यो सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको जानकारी अनुसार इतिहासकै उच्च मूल्य हो।
Tags:
#छोटोखबर #सुनकोमूल्य #चाँदीकोमूल्य #नेपालबजार #इतिहासकैउच्च #व्यापारसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


