सेयर धितो कर्जाको सीमा अब संस्थाको क्षमता अनुसार निर्धारण हुने
२०८३ असार २३

राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बैंकको वित्तीय क्षमता अनुसार निर्धारण गर्ने नयाँ नीति अघि सारेको छ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको वित्तीय सबलताका आधारमा निर्धारण गर्ने व्यवस्था ल्याउने घोषणा गरेको छ। हाल एकल ग्राहकका लागि २५ करोड रुपैयाँसम्मको मार्जिन कर्जा सीमा कायम छ। नयाँ व्यवस्थाले जोखिम व्यवस्थापन र कर्जा प्रवाहमा लचकता बढाउने अपेक्षा गरिएको छ।
Tags:
#छोटोखबर #मौद्रिकनीति #नेपालराष्ट्रबैंक #सेयरधितोकर्जा #सेयरबजार #बैंकिङ #पूँजीबजार #लगानी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



