सेयर बजारमा गिरावट, नेप्से १२ अंकले घट्यो
२०८३ जेठ ७

बिहीबार सेयर बजार ओरालो लाग्दै नेप्से १२ अंकले घटेको छ ।
बिहीबार नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२ विन्दुमा पुगेको छ । बजार घटे पनि कारोबार रकम बढेर ३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । १८८ कम्पनीको सेयर मूल्य घट्दा ७२ कम्पनी बढेका छन् । बुंगल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढ्दा अपर लोहोरेखोलाको मूल्य १४.९५ प्रतिशतले घटेको छ ।
Tags:
#नेप्से #सेयरबजार #लगानी #नेपालस्टकएक्सचेन्ज #अर्थसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

