सांसदका स्वकीय सचिवको पारिश्रमिक बढाउन सरकार सकारात्मक
२०८३ श्रावण १

सरकार सांसदका स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता समयसापेक्ष बनाउन सकारात्मक देखिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र फिल्ड भ्रमण भत्तालाई समयानुकूल बनाउन सरकार सकारात्मक रहेको बताएका छन्। अर्थ समितिको बैठकमा उनले आवश्यक विधि र प्रक्रिया पूरा गरेर सुविधा परिमार्जन गर्न सरकार तयार रहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी विषय पनि स्वस्थ र विधिसम्मत छलफलबाट टुंग्याइने बताए।
Tags:
#अर्थमन्त्री #स्वकीयसचिव #सांसद #अर्थसमिति #नेपालराष्ट्रबैंक #सरकार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



