नेप्से २६४१ अंकमै स्थिर, कारोबार रकम बढ्यो
२०८३ श्रावण २६

नेप्से सामान्य बढेर २६४१.८५ अंकमा पुग्दा मंगलबार कारोबार रकम ४ अर्ब ११ करोड पुगेको छ।
मंगलबार नेप्से परिसूचक ०.७९ अंक बढेर २६४१.८५ अंकमा कायम भएको छ। लगातार तीन दिन घटेको बजारमा आज सामान्य सुधार देखिएको हो। कारोबार रकम भने बढेर ४ अर्ब ११ करोड पुगेको छ। १३३ कम्पनीको मूल्य बढ्दा १२२ कम्पनीको घटेको र २० कम्पनीको स्थिर रह्यो। हाइड्रोपावर समूहमा २ अर्ब ३८ करोडको कारोबार भएको छ।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #पुँजीबजार #हाइड्रोपावर #लगानीकर्ता #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

