Choto Khabar Logo

साढे ७ महिनायताकै उच्च सेयर कारोबार, नेप्से भने घट्यो

२०८२ फाल्गुण २६
साढे ७ महिनायताकै उच्च सेयर कारोबार, नेप्से भने घट्यो
चुनावपछि खुलेको सेयर बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित हुँदा धेरै लगानीकर्ताले किनबेच गर्न सकेका थिएनन्।
मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै उच्च कारोबार भएको छ। आज २१ अर्ब ५० करोड रुपैयाँ बराबरको किनबेच हुँदा नेप्से परिसूचक भने ३२.०८ अंक घटेर २८४३ अंकमा झरेको छ। ७८ कम्पनीको शेयर मूल्य बढ्दा १७८ कम्पनीको घट्यो। रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ।

Tags:

#छोटोखबर #सेयरबजार #नेप्से #नेपालअर्थतन्त्र #लगानी #सेयरसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू