नेप्से सामान्य करेक्सनमा, कारोबार रकमले देखायो बजारको उत्साह
२०८२ माघ १२

नेप्से सूचकमा गिरावट आए पनि कारोबार रकममा देखिएको वृद्धि आगामी दिनमा बजारले उकालो यात्रा कायम राख्ने संकेतका रूपमा देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ३.०७ अंकले घटेर २७६९.०९ मा बन्द भएको छ। सूचक घटे पनि कारोबार रकम १६ अर्ब ३५ करोड रुपैयाँ नाघ्दा बजारमा उत्साह देखिएको छ। चुनावी माहोलसँगै लगानीकर्ता सक्रिय बन्दै गएपछि आगामी दिनमा बजार सुधारको संकेत देखिएको छ।
Tags:
#नेप्से #सेयरबजार #लगानी #कारोबार #शेयरसमाचार #बजारअपडेट #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

