कोलकाताबाट विराटनगरसम्म पहिलो कार्गो रेल आइपुग्यो
२०८३ श्रावण ४

कोलकाताबाट पहिलोपटक सिधै विराटनगरसम्म कार्गो रेल आइपुगेसँगै पूर्वी नेपालको आयात ढुवानी सहज हुने भएको छ।
भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगर भन्सारसम्म कार्गो रेल आइपुगेको छ। स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ बोकेको रेल सोमबार विराटनगर पुगेको हो। नेपाल–भारत पारवहन सम्झौताअनुसार सेवा सञ्चालनमा आएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीलाई ढुवानीमा सहजता हुने अपेक्षा गरिएको छ।
Tags:
#छोटोखबर #कार्गोरेल #विराटनगर #कोलकाता #नेपालभारत #भन्सार #ढुवानी #उद्योग
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

