जगेडा ग्यास नराख्न उद्योगीको आग्रह
२०८३ श्रावण ११

ग्यासको आपूर्ति नियमित रहेकाले अनावश्यक रूपमा सिलिन्डर जगेडा नगर्न उद्योगीहरूले उपभोक्तालाई आग्रह गरेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर जगेडा नगर्न आग्रह गरेको छ। आयात र आपूर्ति नियमित रहे पनि एकैपटक जगेडाका सिलिन्डर भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको संघको भनाइ छ। दैनिक आपूर्ति यथावत् रहेकाले अतिरिक्त मौज्दात नगरे बजारको समस्या समाधान हुने उद्योगीहरूले बताएका छन्।
Tags:
#छोटोखबर #एलपीग्यास #ग्यासआपूर्ति #उपभोक्ता #नेपालसमाचार #ऊर्जा #सिलिन्डर #बजार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

