बिलिङ प्रणाली खरिदमा नेपाल टेलिकमले बजेट बढाउने तयारी
२०८३ भाद्र ९

नयाँ बिलिङ प्रणाली खरिदमा पटक–पटक विवाद र अवरोध भएपछि नेपाल टेलिकमले लागत बढाएर नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पुरानै मूल्यमा भेन्डरहरू प्रस्ताव हाल्न अनिच्छुक देखिएपछि नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिदको बजेट करिब १० प्रतिशत बढाउने तयारी गरेको छ। करिब ५ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का निकाल्ने तयारी भइरहँदा यसअघिका ठेक्का प्रक्रिया विवादका कारण रद्द भएका थिए। पुरानो बिलिङ प्रणालीबाट वार्षिक ठूलो राजस्व चुहावट भइरहेको टेलिकमको भनाइ छ।
Tags:
#छोटोखबर #नेपालटेलिकम #बिलिङप्रणाली #ठेक्का #दूरसञ्चार #अर्थतन्त्र #प्रविधि #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

