११ महिनामा व्यापार घाटा १५.६७ प्रतिशत बढेर १६ खर्ब नाघ्यो
२०८३ असार ८

आयात र निर्यात दुवै बढे पनि आयातको आकार ठूलो हुँदा नेपालको व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघेको छ।
चालू आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा आयात १५.१६ प्रतिशत बढेर १८ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात १२.२८ प्रतिशत वृद्धि भएर २ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। आयातको तुलनामा निर्यात कमजोर रहँदा व्यापार असन्तुलन थप गहिरिएको छ।
Tags:
#छोटोखबर #व्यापारघाटा #आयात #निर्यात #भन्सारविभाग #अर्थतन्त्र #वैदेशिकव्यापार #नेपाल #आर्थिकसमाचार #व्यापारअसन्तुलन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


