Choto Khabar Logo

नेप्से २६.२९ अंक घट्यो, कारोबार रकम पनि खुम्चियो

२०८३ असार २२
नेप्से २६.२९ अंक घट्यो, कारोबार रकम पनि खुम्चियो
सोमबार नेप्सेसहित सबै उपसूचक घट्दा बजारमा कारोबार रकम र लगानीकर्ता उत्साह दुवै कमजोर देखिए।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २६.२९ अंक (०.९९ प्रतिशत) घटेर २६२७ अंकमा झरेको छ। कारोबार रकम ३ अर्ब ५५ करोड रुपैयाँमा सीमित रह्यो। २३९ कम्पनीको सेयर मूल्य घट्दा ३४ कम्पनीको मात्रै बढ्यो। सबै उपसूचक ओरालो लागेका छन् भने सानीगढ, कालंगा र स्नो रिभर फल्सको मूल्य १५ प्रतिशतले बढेको छ।

Tags:

#छोटोखबर #नेप्से #सेयरबजार #शेयरलगानी #पूँजीबजार #नेपालस्टक #आर्थिकसमाचार #कारोबार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू