Choto Khabar Logo

दुर्घटना हुनै नदिने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री पौडेल

२०८३ श्रावण २८
दुर्घटना हुनै नदिने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री पौडेल
मन्त्री पौडेलले हवाई सुरक्षा सुदृढ गर्दै दुर्घटना हुनै नदिने वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हवाई दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको छलफलमा उनले हवाई सुरक्षा र यात्रुको अधिकारप्रति सरकार गम्भीर रहेको बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई स्वायत्त संस्थामा विभाजन गर्न विधेयक तयार गरिएको उनले जानकारी दिए।

Tags:

#छोटोखबर #हवाईसुरक्षा #खडकराजपौडेल #नेपालनागरिकउड्डयनप्राधिकरण #हवाईदुर्घटना #राष्ट्रियसभा #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू