राष्ट्रपति पौडेल आइतबार जापान प्रस्थान गर्ने
admin admin
२०८२ माघ १६
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जान लागेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणका लागि आइतबार प्रस्थान गर्दै छन्। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव अवसरमा जापान सरकारको निमन्त्रणामा भ्रमण हुन लागेको हो। भ्रमणका क्रममा राष्ट्रपति पौडेलले सम्राट् नारुहितो र प्रधानमन्त्री ताकाइची सानेसँग भेटवार्ता, विशेष समारोह सहभागिता तथा व्यापारिक समुदायसँग संवाद गर्ने कार्यक्रम रहेको छ। उनी माघ २१ गते स्वदेश फर्कनेछन्। पत्नी सविता पौडेलसहित उच्चपदस्थ अधिकारी भ्रमणमा सहभागी हुनेछन्।
Tags:
#राष्ट्रपति_पौडेल #जापान_भ्रमण #नेपाल_जापान #कूटनीतिक_सम्बन्ध #७०औं_वार्षिकोत्सव #राजकीय_भ्रमण #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

