संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित
२०८३ असार २३

संघीय संसद्का दुवै सदनबाट विनियोजन विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रक्रिया अघि बढेको छ।
संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाले पनि मंगलबार बहुमतले स्वीकृत गरेको हो। अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। साथै, आर्थिक विधेयक, २०८३ पनि राष्ट्रिय सभामा पेश गरिएको छ। अब बजेट कार्यान्वयनको बाटो खुलेको छ।
Tags:
#छोटोखबर #बजेट२०८३ #संघीयसंसद् #राष्ट्रियसभा #प्रतिनिधिसभा #विनियोजनविधेयक #आर्थिकविधेयक #अर्थमन्त्री #नेपालसरकार #संसद्
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



