Choto Khabar Logo

नेप्से ४ महिनाकै न्यून विन्दुमा, परिसूचक १४.४५ अंकले घट्यो

२०८३ असार १०
नेप्से ४ महिनाकै न्यून विन्दुमा, परिसूचक १४.४५ अंकले घट्यो
लगातार दोस्रो दिन घटेको नेप्से ४ महिनाकै न्यून बिन्दुमा पुगेको छ भने अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।
बुधबार नेप्से परिसूचक १४.४५ अंक घटेर २६६० बिन्दुमा झरेको छ, जुन पछिल्ला चार महिनाकै न्यून स्तर हो। कारोबार रकम भने बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। ६२ कम्पनीको मूल्य बढ्दा २०२ कम्पनीको घट्यो। फाइनान्स र व्यापार समूहबाहेक सबै उपसूचक ओरालो लागेका छन्। टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको छ।

Tags:

#नेप्से #सेयरबजार #पुँजीबजार #लगानी #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र #शेयरकारोबार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू