काठमाडौँ–तराई द्रुतमार्ग खोकनासम्मै निर्माण हुने
२०८३ असार २२

मुआब्जा विवाद समाधान गर्दै काठमाडौँ–तराई द्रुतमार्ग खोकनासम्मै निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।
पूर्वाधार विकास मन्त्रालयले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग खोकनासम्म निर्माण गर्न नेपाली सेनालाई स्वीकृति दिएको छ। डुकुछाप–फर्सिडोल–खोकना ६.५ किमि खण्ड दुई प्याकेजमा निर्माण हुनेछ। मुआब्जा विवाद कम भएको क्षेत्रमा ठेक्का प्रक्रिया अघि बढाइनेछ। हाल आयोजनाको भौतिक प्रगति ४८.१२ प्रतिशत पुगेको छ भने निर्माण अवधि थप गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
Tags:
#छोटोखबर #द्रुतमार्ग #काठमाडौंतराई #खोकना #पूर्वाधार #नेपालीसेना #सडकनिर्माण #विकास
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


