Choto Khabar Logo

काठमाडौंमा एलपी ग्यास आपूर्ति असन्तुलन, अभाव होइन : निगम

२०८२ माघ १९
काठमाडौंमा एलपी ग्यास आपूर्ति असन्तुलन, अभाव होइन : निगम
निगमका अनुसार, इन्डियन आयलका विभिन्न रिफाइनरी र बोटलिङ प्लान्टबाट देशभरका उद्योगीलाई मासिक रूपमा उपलब्ध गराइने ग्यास कोटा ४९,५०० मेट्रिकटन रहेको छ।
काठमाडौं उपत्यकामा केही उद्योगमा एलपी ग्यास अभाव देखिएको छ। यद्दपि, नेपाल आयल निगमका अनुसार आयात पर्याप्त भए पनि वितरणमा असन्तुलनका कारण समस्या आएको हो। उपभोक्तालाई आवश्यक मात्र ग्यास खरिद गर्न र भण्डारण नगर्न अनुरोध गरिएको छ। फेब्रुअरी २०२६ का लागि दुई हजार मेट्रिकटन थप ग्यास आयात गरिने व्यवस्था मिलाइसकिएको छ। बजार चाँडै सामान्य हुने विश्वास व्यक्त गरिएको छ।

Tags:

#छोटोखबर #एलपीग्यास #काठमाडौं #उपत्यका #उद्योग #आयात #ग्यास_अभाव #नेपालआयलनिगम

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू