सेयर बजारमा लगातार पाँचौं दिन हरियाली, नेप्से २७१९ अंकमा
२०८३ श्रावण ४

नेप्से लगातार पाँचौं दिन बढ्दै २७१९ अंकमा पुगेको छ भने कारोबार रकम ५ अर्ब रुपैयाँ नाघेको छ।
सेयर बजार सोमबार पनि उकालो लाग्दै नेप्से परिसूचक ४१.७० अंक बढेर २७१९ अंकमा पुगेको छ। लगातार पाँचौं दिन बजार बढ्दा दुई कारोबार दिनमै नेप्से १२० अंकले उकालो लागेको छ। कारोबार रकम ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने २३९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी ३.२१ प्रतिशत बढ्यो।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #पुँजीबजार #लगानी #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

