सरकार सम्हाल्दा ३० खर्ब रुपैयाँ ऋणको भार थियो : अर्थमन्त्री वाग्ले
२०८३ असार १४

अर्थमन्त्री वाग्लेले सरकार सम्हाल्दा ३० खर्ब रुपैयाँ ऋणको दायित्व रहेको र अब ऋणको भार स्थिर राख्ने लक्ष्य रहेको बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार गठन गर्दा ३० खर्ब रुपैयाँको सार्वजनिक ऋणको दायित्व प्राप्त भएको बताएका छन्। प्रतिनिधिसभामा उनले विगत १० वर्षमा नेपालको ऋण–जीडीपी अनुपात २५ प्रतिशतबाट ४३ प्रतिशत पुगेको उल्लेख गर्दै अब ऋण व्यवस्थापनसँगै आन्तरिक राजस्व बढाएर ऋणको भार स्थिर राख्ने सरकारको लक्ष्य रहेको बताए।
Tags:
#अर्थमन्त्री #स्वर्णिमवाग्ले #सार्वजनिकऋण #राष्ट्रऋण #अर्थतन्त्र #प्रतिनिधिसभा #सरकार #आन्तरिकराजस्व #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


