साताको पहिलो दिन नेप्से ३३ अंकले घट्यो
२०८३ श्रावण ११

साताको पहिलो कारोबारमै नेप्से ३३.२८ अंकले घट्दै अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा झरेको छ। ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा ३५ कम्पनीको सेयर मूल्य बढ्यो भने २३५ कम्पनीको मूल्य घट्यो। एभरेष्ट कलर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लाग्दा बैंकिङ र म्युचुअल फन्डबाहेक अधिकांश समूह घटेका छन्।
Tags:
#छोटोखबर #नेप्से #शेयरबजार #सेयर #लगानी #नेपालसमाचार #पूँजीबजार #अर्थतन्त्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

