दोस्रो दिन पनि हरियो सेयर बजार, नेप्से ८.७८ अंकले उकालो
२०८३ असार १८

नेप्से लगातार दोस्रो दिन बढ्दै २६६१.७१ विन्दुमा पुगेको छ भने कारोबार ४ अर्ब ११ करोड रुपैयाँ नाघेको छ।
सेयर बजारमा लगातार दोस्रो दिन सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेको छ। यस दिन ४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा १०७ कम्पनीको सेयर मूल्य बढ्यो भने १५३ कम्पनीको घट्यो। अपर लोहोरे खोला हाइड्रो र कालंगा हाइड्रोमा सकारात्मक सर्किट लाग्यो। कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो भने वाणिज्य बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स र सामूहिक लगानी समूहमा वृद्धि देखियो।
Tags:
#सेयरबजार #नेप्से #शेयरलगानी #नेपालस्टकएक्सचेन्ज #पुँजीबजार #लक्ष्मीसनराइजबैंक #हाइड्रोपावर #लगानी #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


