बैंकिङ क्षेत्रसँग सहकार्य बढाउने अर्थमन्त्रीको प्रतिबद्धता
२०८३ श्रावण १९

अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधार र बजेट कार्यान्वयनका लागि बैंकिङ क्षेत्रसँग सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने बताएका छन्। वाणिज्य बैंकका सीईओसँगको छलफलमा उनले बजेटको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइएको उल्लेख गर्दै आर्थिक चुनौती समाधानका लागि बैंकरहरूको सुझाव र अनुभव महत्वपूर्ण हुने बताए।
Tags:
#छोटोखबर #अर्थमन्त्री #स्वर्णिमवाग्ले #बैंकिङक्षेत्र #अर्थतन्त्र #निजीक्षेत्र #बजेटकार्यान्वयन #वाणिज्यबैंक #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

