Choto Khabar Logo

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’मा

२०८२ चैत्र २२
ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’मा
ओली र लेखकको रिहाइ माग गरिएको रिटको सुनुवाइ नसकिएपछि सर्वोच्चले अर्को दिनका लागि सारिएको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। आइतबार सुनुवाइ नसकिएपछि सोमबारका लागि सारिएको हो। जाँचबुझ आयोगको सिफारिसपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। रिहाइ माग गर्दै दायर रिटमा सरकारको जवाफ आइसकेको छ भने प्रहरीले म्याद थपको माग गरेको छ।

Tags:

#छोटोखबर #केपीओली #रमेशलेखक #सर्वोच्चअदालत #रिट #राजनीति #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू