थापाथलीमा सुकुमवासी बस्ती हटाउने अभियान सुरु
२०८३ बैशाख १२

सरकारले चेतावनीपछि थापाथलीसहित विभिन्न क्षेत्रमा सुकुमवासी बस्ती हटाउने अभियान थालेको छ।
सरकारले आज काठमाडौँको थापाथली क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाउन अभियान सुरु गरेको छ। बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका बस्ती हटाइनेछ भने दोस्रो चरणमा बाँकी हटाइनेछ। महानगरले अघिल्लो दिन माइकिङ गर्दै चेतावनी दिएको थियो, जसपछि केही बासिन्दा शुक्रबारै बस्ती छाडिसकेका छन्।
Tags:
#छोटोखबर #काठमाडौँ #थापाथली #सुकुमवासी #बस्तीहटाउने #महानगरपालिका #सुरक्षाकर्मी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

