सात दिनपछि हरियायो सेयर बजार, नेप्से ४४.५९ अंकले उकालो
२०८३ असार १७

सात दिनको निरन्तर गिरावटपछि सेयर बजार ४४.५९ अंकले बढ्दै अधिकांश कम्पनी र सबै समूहका सूचक हरियाएका छन्।
लगातार सात कारोबार दिन घटेको सेयर बजार बुधबार ४४.५९ अंकले बढ्दै नेप्से परिसूचक २६५२ अंकमा पुगेको छ। कारोबार रकम पनि बढेर ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको घट्यो। सबै समूहका सूचक हरियाएका छन् भने उत्पादन, जलविद्युत् र व्यापार समूहमा २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ। स्नो रिभर्ससहित केही कम्पनीको सेयर मूल्य उच्च दरले बढेको छ।
Tags:
#सेयरबजार #नेप्से #शेयरलगानी #पूँजीबजार #नेप्सेसूचक #कारोबार #अर्थतन्त्र #लगानी #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


