मंगलबार नेप्सेमा उच्च अंकको गिरावट, २२४ कम्पनीको मूल्य घट्यो
२०८२ माघ १३

पछिल्ला दिनमा नेप्से सूचक घटे वा बढे पनि कारोबार रकम उच्च रहँदा बजारमा उत्साह कायम रहेको देखिन्छ।
मंगलबार (माघ १३) नेप्से परिसूचक ४२.५८ अंकले घट्दै २७२६.५१ विन्दुमा झरेको छ। ३३३ कम्पनीमध्ये २२४ कम्पनीको मूल्य घटेको छ भने ३४ कम्पनीको बढ्दा २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। आज १४ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो, जुन सोमबारको तुलनामा दुई अर्ब १८ करोड कम हो। म्युचुअल फन्ड बाहेकका अरु सबै उपसूचक ऋणात्मक रहे।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #शेयरगिरावट #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


