सेयर कारोबार साढे ५ अर्ब नाघ्यो, नेप्से भने २ अंक घट्यो
२०८३ भाद्र १

नेप्से २ अंक घटे पनि साताको पहिलो दिन सेयर कारोबार रकम साढे ५ अर्ब नाघेको छ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा झरे पनि कारोबार रकम साढे ५ अर्ब रुपैयाँ नाघेको छ। यस दिन ५ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच हुँदा १ करोड १९ लाखभन्दा बढी कित्ता कारोबार भयो। ७२ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनी घटेका छन्। रिलायन्स स्पिनिङ मिल्सको मात्रै १ अर्ब ३८ करोडको कारोबार भयो।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #सेयरकारोबार #रिलायन्सस्पिनिङमिल्स #नेपालस्टकएक्सचेन्ज #लगानी #अर्थसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

