Choto Khabar Logo

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्ने तयारी, दबाब बढ्दो

२०८२ चैत्र १०
जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्ने तयारी, दबाब बढ्दो
गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसै वर्षको फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
सरकार जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारीमा छ। प्रधानमन्त्री सुशीला कार्की मन्त्रीहरूसँग छलफलमा छिन् भने ‘आज–भोलिमै’ सार्वजनिक हुन सक्ने बताइएको छ। प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी ओलीसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस छ। चौतर्फी दबाबबीच नयाँ सरकार गठनअघि सार्वजनिक गर्ने तयारी गरिएको छ।

Tags:

#छोटोखबर #जेनजीआन्दोलन #सरकार #प्रतिवेदन #नेपालराजनीति #युवा #समाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू