देशभर बदली, वर्षा र हिमपातको सम्भावना
२०८३ बैशाख २०

न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा, हिमपात र हावाहुरीको सम्भावना बढेको छ।
पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रका कारण देशभर मौसम प्रभावित भएको छ। अहिले पहाडी र हिमाली क्षेत्रमा बदली तथा केही ठाउँमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो र राति पनि धेरै स्थानमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ, केही ठाउँमा भारी वर्षा समेत हुन सक्छ।
Tags:
#छोटोखबर #मौसम #वर्षा #हिमपात #नेपालमौसम #पूर्वानुमान
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

