राजदूत नियुक्तिका लागि २७ सय आवेदन सूचीकृत, ‘सर्ट लिस्ट’ बनाउने प्रक्रिया जारी
२०८३ असार ५

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि प्राप्त आवेदनको ‘सर्ट लिस्ट’ तयार गर्दै छनोट प्रक्रियालाई अघि बढाइरहेको छ।
परराष्ट्र मन्त्रालयले १३ राजदूत पदका लागि परेका तीन हजार आवेदनमध्ये प्रारम्भिक छानबिनपछि २७ सय आवेदन सूचीकृत गरेको छ। उमेर, योग्यता र आवश्यक कागजातका आधारमा ‘सर्ट लिस्ट’ तयार गर्ने काम भइरहेको छ। त्यसपछि अन्तरवार्ता वा प्रस्तुतिका आधारमा छनोट गरिनेछ। भदौसम्म २१ दूतावासमा नयाँ राजदूत नियुक्त गर्नुपर्ने अवस्था रहनेछ।
Tags:
#छोटोखबर #राजदूतनियुक्ति #परराष्ट्रमन्त्रालय #कूटनीति #राजदूत #नेपालसरकार #विदेशनीति #दूतावास #कूटनीतिकसेवा #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



